'ए' डिभिजन लिगमा फ्रेन्ड्सद्वारा एनआरटी पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘ए’ डिभिजन लिगमा फ्रेन्ड्सद्वारा एनआरटी पराजित

एजेन्सी, २१ माघ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा मैदानमा मंगलबार भएको खेलमा फ्रेन्ड्सले एनआरटीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

फ्रेन्ड्सलाई जित दिलाउन सन्जोग महर्जन र वाग्नेर डी कार्मोले एक –एक गोल गरे । पहिलो हाफमा एनआरटीसँग गोलरहित बराबरी खेलेको फ्रेन्ड्सले दोस्रो हाफमा दुई गोल गरेको थियो ।

खेलको ७८ औं मिनेटमा सन्जोगको गोलबाट फ्रेन्ड्सले सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि खेलको ८१ औं मिनेटमा ब्राजिलियन खेलाडी कार्मोले गोल गर्दै फ्रेन्ड्सलाई २(० को जित दिलाए ।

खेलमा फ्रेन्ड्सका अशिम भुसाल म्यान अफ दि म्याच चुनिए । जारी लिगमा फ्रेन्ड्सको यो चौंथो जित हो । जितसँगै फ्रेन्ड्सले १० खेलमा १४ अंक जोडेको छ । फ्रेन्ड्स लिगको नवौं स्थानमा समेत उक्लिएको छ ।

एनआरटीको यो तेस्रो हार हो । सातौं स्थानको एनआरटीले १० खेलमा १५ अंक जोडेको छ । जारी लिगमा १० खेलपछि आर्मी क्लब २३ अंकसंगै पहिलो स्थानमा रहेको छ । मच्छिन्द्र क्बल २२ अंकले दोस्रो तथा मनाङ मर्स्याङ्दी १९ अंकले तेस्रो स्थानमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);