नेपाल प्रेसिडेन्ट ११ ले अमेरिकालाई ३७ रनले हरायो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाल प्रेसिडेन्ट ११ ले अमेरिकालाई ३७ रनले हरायो

काठमाडौं, २१ माघ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आईसीसी विश्वकप लिग २ मा प्रतिस्पर्धा गर्न नेपाल आएको अमेरिकी टोली अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट ११संग पराजित भएको छ ।

मुलपानी मैदानमा मंगलबार नेपाल प्रेसिडेन्ट ११ ले अमेरिकालाई ३७ रनले हराएको हो । यो खेलमा पहिले व्याटिङ गरेको नेपाल प्रेसिडेन्ट ११ ले ३३ दशमलव ५ ओभरमा १ सय रन बनाउँदा सबै विकेट गुमायो । नेपालका सुवास खकुरेलले ५२ रन बनाए ।

जवाफमा अमेरिकाले ३२ दशमलव २ ओभरमा ७४ रन बनाउँदा सबै विकेट गुमायो । अमेरिकालाई सस्तैमा समेट्न नेपालका शेर मल्लले ४, सागर ढकालले ३ तथा पवन शर्राफले २ विकेट लिए ।

बुधबारदेखि किर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा नेपाल, ओमान र अमेरिकाबीचका आईसीसी विश्वकप लिग २ को प्रतिस्पर्धा हुँदै छ । सन् २०२३ को एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताको रुपमा रहेको आइसिसी विश्वकप लिग २ मा नेपालले बुधबार ओमानविरुद्ध खेल्ने छ ।

लिग २ मा त्रिकोणात्मक सिरिज गर्ने अवधारणा अनुरुप कीर्तिपुरमा एक साता नेपाल र ओमानसँगै अमेरिकाले एकआपसमा २–२ पटक प्रतिस्पर्धा गर्दैछन् ।

नेपालले ओमानलाई विगत ७ वर्षदेखि हराउन सकेको छैन। नेपालले सन् २०१३ पछि ओमानविरुद्ध खेलेका चारै खेलमा हार बेहोरेको छ। त्यसअघिका तीन खेलमा भने नेपाल विजयी भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);