विश्वकप लिग २ मा नेपाल र ओमान भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विश्वकप लिग २ मा नेपाल र ओमान भिड्दै

nepal vs oman

काठमाडौं, २२ माघ । त्रिकोणात्मक एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज आजेदखि काठमाडौंमा सुरु भएको छ । एकदिवसीय क्रिकेटको मान्यता पाएको झण्डै दुई बर्षपछि नेपालले घरेलु मैदानमा पहिलो पटक सिरिज खेल्न लागेको हो ।

आईसीसी विश्वकप लिग २ का लागि नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज कीर्तिपुर मैदानमा बुधबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

जारी खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ । टस हारेर पहिला ब्याटिङ गरेको ओमानले ३९ रन बनाउँदा तेस्रो विकेट गुमाएको हो । ओमानका २ जना ब्याट्सम्यानलाई करण केसीले आउट गरेका छन् भने एक जना दीपेन्द्रसिंह ऐरीको रन आउटको शिकार बने । १६ ओभरको खेल सकिदा ओमानले ३ विकेट गुमाएर ४४ रन जोडेको छ ।

नेपालले यसअघि विदेशी भूमिमा ६ वटा एक दिवसीय क्रिकेट प्रतियोगिता खेले पनि नेपालमा भने खेलेको थिएन । एक दिवसीय मान्यता पाएपछि पहिलो सिरिज घरेलु मैदानमा भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);