लिग वानमा पीएसजीलाई १५ अंकको अग्रता | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

लिग वानमा पीएसजीलाई १५ अंकको अग्रता

nantes vs psg

एजेन्सी, २२ माघ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले लिग वानमा १५ अंकको अग्रता लिएको छ । लिग वान च्याम्पियन पीएसजीले नान्टलाई २–१ गोल अन्तरले पराजित गर्दै तालिकामा फराकिलो अग्रता बनाएको हो ।

मंगलबार राति भएको खेलको २९ औ मिनेटमा पीएसजीका मौरो ईकार्डी अग्रता दिलाए थिए भने केहरले ५७ औ मिनेटमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । नान्टका सिमोनले ६८ औं मिनेटमा एक गोल फर्काए । नेयमारको स्थानमा प्रशिक्षक थोमस टुचेलले एन्जल डी मारियालाई स्थान दिएका थिए ।

जितसँगै पीएसजीले २३ खेलबाट ५८ अंक जोडेको छ । नान्ट ३२ अंकसहित तालिकाको दशौं स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);