पीएसजीद्वारा लियोन ४–२ गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पीएसजीद्वारा लियोन ४–२ गोल अन्तरले पराजित

psg vs lyon

एजेन्सी, २७ माघ । लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजीले १२ अंकको अग्रता लिएको छ । आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई ४–२ गोल अन्तरले पराजित गर्दै १२ अंकको अग्रता लिएको हो ।

पीएसजीको जितमा एन्जल डी मारिया, केलियन एम्बाप्पे र ईडिन्सन काभानीले समान एक एक गोल गरे । फर्नान्डो मार्कलको एक आत्मघाति गोल पीएसजीले उपहार पाएको थियो । लियोनका मार्टिन टेरियर र मौसा डेम्बेलेले समान एक–एक गोल फर्काएका थिए ।

जितसंगै पीएसजीले लिगमा १२ अंकको अग्रता लिएको छ । उसले २४ खेलबाट ६१ अंक जोडेको छ । लियोन ३३ अंक सहित तालिकाको नवौं स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);