बंगलादेशलाई यू-१९ विश्वकप क्रिकेटको उपाधि | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बंगलादेशलाई यू-१९ विश्वकप क्रिकेटको उपाधि

bangladesh cricket world cup

एजेन्सी, २७ माघ । आईसीसी विश्वकप यु-१९ क्रिकेटको उपाधि बंगलादेशले जितेको छ । पहिलो पटक फाइनलमा पुगेको बंगलादेशले डिफेन्डिङ च्याम्पियन भारतलाई ३ विकेटले पराजित गरेको हो ।

भारतले दिएको १७८ रनको लक्ष्य पछ्याउने क्रममा पानी परेपछि बंगलादेशले नयाँ लक्ष्य पाएको थियो । ४६ ओभरमा १७० रनको नयाँ लक्ष्य बंगलादेशले ७ विकेट गुमाएर पुरा गरेको थियो ।

बंगलादेशका पर्वेज हुसेन इमोनले सर्वा्धिक ४७ रन बनाउँदा कप्तान अकबर अलिले नट आउट ४३ रन बनाए । तान्जित हसनले १७ रन जोडे । भारतका रवि विश्नोईले ४ विकेट लिँदा सुशान्त मिश्राले २ विकेट लिएका थिए ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको भारत ४७ ओभर दुई बलमा एक सय ७७ रनमा अलआउट भयो । भारतका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । ओपनर एसस्वी जैसवालले ८८ रन बनाउँदा तिलक बर्माले ३८ तथा ध्रुब जुरेलले २२ रन बनाए । बाँकी खेलाडी राम्रो रन बनाउन सकेनन् ।

भारतको पारीलाई कमजोर पार्न बंगलादेशका अभिशेख दाशले तीन तथा सोरिफुल इस्लाम र तान्जिन हसन सकिवले दुई दुई विकेट लिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);