ओमानसँगको दोस्रो खेलमा नेपाल ८ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ओमानसँगको दोस्रो खेलमा नेपाल ८ विकेटले पराजित

oman vs nepal

काठमाडौं, २६ माघ । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपाल ओमानसंग पराजित भएको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल ओमानसंग ८ विकेटले पराजित भएको हो ।

टस हारेर ब्याटिङ गरेको नेपालले ओमान सामु २ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको थियो जुन ओमानले ४७ ओभर २ बलमा २ विकेटको क्षतिमा पुरा गर्‍यो । ओमानको जितमा अकिब इलासले अविजित रहँदै १ सय ९ रनको शतकीय इनिङ्स खेले भने कप्तान जिशन मक्सुदले अविजित रहँदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले । नेपालका सुशन भारी र कुशल मल्लले १-१ विकेट लिए ।

त्यसअघि नेपालका कप्तान ज्ञानेन्द मल्लले ५६ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ७६ बलमा ६ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्रको यो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक हो । यस्तै विनोद भण्डारीले ३५ रन जोड्दा पारस खड्काले ३८ रन बनाए ।

आरिफ शेख र कुशल मल्ल समान २८–२८ रनमा आउट भए । ओपनर सुवास खकुरेलले २२ रन जोड्दा करण केसी १० रनमा आउट भए । दिपेन्द्र सिंह ऐरी सुन्य रनमा आउट हुँदा सन्दीप लामिछानेले अविजित १० रन बनाए ।

ओमानका अकिब इलासले ४ विकेट लिए । मोहमद नदीमले ३ विकेट लिए । गत बिहीबार भएको खेलमा पनि नेपाल ओमानसंग १८ रनले पराजित भएको थियो ।

नेपाललाई पराजित गरेसँगै ओमान लिगको शीर्ष स्थानमा उक्लिएको छ । ओमानले ९ खेलमा १४ अंक जोडेको छ । नेपाल ३ खेलमा २ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अब नेपालले सिरिजमा अमेरिकासँग खेल्नेछ । अमेरिका १० खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);