ओमानलाई नेपालले दियो २५० रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ओमानलाई नेपालले दियो २५० रनको लक्ष्य

nepal vs oman 249 run

काठमाडौं, २६ माघ । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपालले ओमानसामु २ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रन बनायो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ७६ बलमा ६ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्रको यो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक हो । यस्तै विनोद भण्डारीले ३५ रन जोड्दा पारस खड्काले ३८ रन बनाए । आरिफ शेख र कुशल मल्ल समान २८–२८ रनमा आउट भए ।

ओपनर सुवास खकुरेलले २२ रन जोड्दा करण केसी १० रनमा आउट भए ।दिपेन्द्र सिंह ऐरी सुन्य रनमा आउट हुँदा सन्दीप लामिछानेले अविजित १० रन बनाए ।

ओमानका अकिब इलासले ४ विकेट लिए । मोहमद नदीमले ३ विकेट लिए । ओमानले अहीले जपाफी ब्याटिङ गरिरहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);