आईपीएलमा कोलकत्ताको दोस्रो जित, हैदराबाद ७ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आईपीएलमा कोलकत्ताको दोस्रो जित, हैदराबाद ७ विकेटले पराजित

एजेन्सी, ११ असोज । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले पहिलो जित निकालेको छ ।

अबुधाबीमा शनिबार राति भएको खेलमा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै कोलकत्ताले पहिलो जित निकालेको हो ।

शेख जायद स्टेडियममा हैदराबादले दिएको १ सय ४३ रनको लक्ष्य कोलकत्ताले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । कोलकत्ताको जितमा शुभमन गिलले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै इयान मोर्गनले अविजित ४२ रन बनाए । नितिस रानाले २६ रन जोड्दा कप्तान दिनेश कार्तिक र सुनिल नारिन खाता नखोल्दै पेभेलियन फर्किए ।

हैदराबादका खलिल अहमेद, राशिद खान र टी नटराजनले १–१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । हैदराबादका लागि मनिस पाण्डेले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्तान डेभिड वार्नरले ३६ रिद्धिमान शाहले ३० तथा मोहमद नाबीले अविजित ११ रन बनाए ।

कोलकत्ताका प्याट कुमिन्स, भरुण चक्रवर्ती र आन्द्रे रसेलले १–१ विकेट लिए । जितसँगै कोलकत्ताले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा कोलकत्ता मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो ।

हैदराबादको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);