कोलकत्तासँग पन्जाब किङ्स ५ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

कोलकत्तासँग पन्जाब किङ्स ५ विकेटले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राईडर्सले दोस्रो जित निकालेको छ ।

सोमबार राति अहमदाबादमा भएको खेलमा पन्जाब किङ्सलाई ५ विकेटले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो । पन्जाबले दिएको १ सय २४ रनको लक्ष्य कोलकत्ताले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

कोलकत्ताका जितमा कप्तान इयान मोर्गनले अविजित रहदै ४७ रन जोडे । यस्तै राहुल त्रिपाठीले ४१ र आन्द्रे रसेल १० रन बनाए । पन्जाबका मोहमद शामी, मोइसेस हेन्रिक्स, आर्शदिप सिंह र दिपक होडाले एक÷एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो । पन्जाबका मायांक अग्रवालले ३१ रन जोड्दा क्रिस जोर्डनले ३० रन बनाए ।

लोकेश राहुल र निकोलस पुरणले समान १९÷१९ रन जोड्दा साहरुख खानले १३ रन बनाए । कोलकत्ताका प्रसिद्ध कृष्णले ३ विकेट लिए । सुनिल नारिन र पाट कुमिन्सले २÷२ विकेट लिए ।

जितसँगै कोलकत्ताले ६ खेलमा ४ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने पन्जाबले ६ खेलमा ४ अंक जोड्दै छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);