पञ्जाबसँग मुम्बई ९ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

पञ्जाबसँग मुम्बई ९ विकेटले पराजित

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा पन्जाब किङ्सले साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

शुक्रबार राति भएको खेलमा पन्जाबले मुम्बईलाई ९ विकेटले पराजित गरेको हो ।चेन्नईमा मुम्बईले दिएको १ सय ३२ रनको लक्ष्य पन्जाबले १७ दशमलव ४ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

पन्जाबको जितमा लोकेश राहुलले अविजित रहदै ६३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै क्रिस गेलले अविजित ४३ रन बनाए । मायांक अग्रवाल २५ रनमा आउट भए ।

मुम्बईका राहुल चाहरले १ विकेट लिए । यो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ६३ र सूर्यकुमार यादवले ३३ रन बनाए । पन्जाबका रबि बोस्नाई र मोहमद शामीले २÷२ विकेट लिए । जारी लिगमा पन्जाबको यो दोस्रो जित हो ।

पन्जाबले ५ खेलमा ४ अंक जोडेको छ । पन्जाब तालिकाको पाँचौं स्थानमा रहेको छ । मुम्बईको यो तेस्रो हार हो । ५ खेलमा ४ अंक जोडेर मुम्बई चौंथो स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);