पञ्जाबसँग बैंग्लोर ३४ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८१, शनिबार

पञ्जाबसँग बैंग्लोर ३४ रनले पराजित

एजेन्सी ।  ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।

अहमदाबादमा शुक्रबार राति भएको खेलमा पन्जाबले बैंगलोरलाई ३४ रनले पराजित गरेको हो । पन्जाबले दिएको १ सय ८० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ३५,रजत पतिदार र हर्सल पटेलले ३१–३१ रन बनाए ।

बैंगलोरलाई सस्तैमा समेट्न पन्जाबका हरप्रित ब्रारले ३ ,रबि बोस्नाईले २ तथा रिली मेरेदिथ, मोहमद शामी र क्रिस जोर्डनले १÷१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

पन्जाबका लागि कप्तान लोकेश राहुलले ५७ बलमा ७ चौका र ५ छक्कासहित ९१, क्रिस गेलले ४६ र हरप्रितले अविजित रहदै २५ रन बनाए । बैंगलोरका केली जेमिसनले २ विकेट लिए ।

आइपीएलमा पन्जाबको यो तेस्रो जित हो । यस सिजन दोस्रो हार व्यहोरेको बैंगलोर तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);