आईपीएल क्रिकेटमा पन्जाबले हैदराबादलाई १२ रनले हरायोे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

आईपीएल क्रिकेटमा पन्जाबले हैदराबादलाई १२ रनले हरायोे

एजेन्सी, ९ कार्तिक । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा शनिबार राति भएको खेलमा पन्जाबले हैदराबादमाथि १२ रनको जित निकालेको हो । पन्जाबले दिएको १ सय २७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबाद १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय १४ रनमा समेटियो ।

हैदराबादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ३५ रन बनाए । यस्तै विजय शंकरले २६, जोनी बेयरस्टोले १९, मनिस पाण्डेले १५ रन बनाए । पन्जाबका क्रिस जोर्डन र अश्रदिप सिंहले ३÷३ विकेट लिए । त्यस्तै मोहमद शामी, मुरुगान आश्विन र रवि बोश्नोईले १÷१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । पन्जाबका लागि निकोलस पुरनले अविजित रहदै सर्वाधिक ३२ रन बनाए । यस्तै कप्तान केएल राहुलले २७, क्रिस गेलले २०, मन्दिप सिंहले १७ र ग्लेन म्याक्सवेलले १२ रन बनाए ।

पन्जाबलाई सस्तैमा समेट्न हैदराबादका राशिद खान, सन्दीप शर्मा र जासन होल्डरले २÷२ विकेट लिए । जितसँगै पन्जाब ११ खेलमा १० अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);