डर्टमण्डले साल्केलाई ३–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

डर्टमण्डले साल्केलाई ३–० गोल अन्तरले पराजित

एजेन्सी, ९ कार्तिक । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डले साल्केलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको डर्टमण्डले दोस्रो हाफमा ३ गोल गरेको थियो । खेलको ५५ औं मिनेटमा मानुएल आकान्जीले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।

खेलको ६१ औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दा डर्टमण्डको अग्रता २–० को बनाए । त्यसपछि खेलको ७८ औं मिनेटमा माट हुमेल्सले गोल गर्दै टोलीकै ३–० को सहज जित दिलाए । जितसँगै डर्टमण्डले ५ खेलमा १२ अंक जोडेको छ ।

डर्टमण्ड तेस्रो स्थानमा रहेको छ । पराजित साल्के ५ खेलमा १ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);