जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले फराकिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले फराकिलो जित

Borussia Dortmund take

एजेन्सी, ११ माघ । जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले फराकिलो जित, डर्टमण्डसँग ५–१ गोल अन्तरले एफसी कोल्न पराजित  भ्एकाे छ ।

शुक्रबार राति भएको खेलमा डर्टमण्डले एफसी कोल्नलाई ५–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे । यस्तै राफायल गुइरेरो, मार्को रिउस र जाडोन सान्चोले एक एक गोल गरे । एफसी कोल्नका मार्क उथले एक गोल फर्काए । खेलको पहिलो मिनेटमा राफायलले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । २९ औं मिनेटमा रिउसले गोल गर्दै डर्टमण्डको अग्रता २–० को बनाए ।

४८ औं मिनेटमा सान्चोले गोल गर्दा पाहुना टिमको अग्रता तेब्बर बन्यो । ६५ औं मिनेटमा घरेलु टोलीका मार्कले गोल गर्दै खेल ३–१ को बनाए । ७७ औं मिनेटमा हालाण्डले गोल गर्दा डर्टमण्ड ४–१ ले अघि रह्यो । त्यसपछि ८७ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ५–१ को सहज जित दिलाए । जितसँगै डर्टमण्ड लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

डर्टमण्डले १९ खेलमा ३६ अंक जोडेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);