होफेनहाइमद्वारा बोरुसिया डर्टमण्ड पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

होफेनहाइमद्वारा बोरुसिया डर्टमण्ड पराजित

hoffenheim vs dortmund

एजेन्सी, ५ पुस । जर्मन बुन्डेस लिगा फुटबलमा उपाधि दाबेदार क्लब बोरुसिया डर्टमण्ड पराजित भएको छ । शुक्रबार राति भएको खेलमा डर्टमण्ड होफेनहाइमसँग २–१ गोल अन्तरले पराजित भएको हो ।

खेलको १७ औं मिनेटमा मारियो गोट्जेको गोलबाट डर्टमण्डले सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको ७९ औं मिनेटमा सर्गिस एडमयनले गोल गर्दै होफेनहाइमलाई खेलमा फर्काए । त्यसपछि खेलको ८७ औं मिनेटमा आन्द्रेज क्रमारीकले गोल गर्दै होफेनहाइमलाई २–१ को जित दिलाए ।

यो हारसँगै डर्टमण्डले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । चौंथो स्थानको डर्टमण्डले १७ खेलमा ३० अंक जोडेको छ । होफेनहाइम २७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);