न्यू डायमण्डलाई हराउँदै एपिएफ च्याम्पियन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

न्यू डायमण्डलाई हराउँदै एपिएफ च्याम्पियन

एपिएफद्वारा न्यू डायमन्ड्स क्लव ३–१ को सेटमा पराजित

काठमाडौं, १० माघ । सशस्त्र प्रहरीको एपीएफ क्लबले पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला–पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शुक्रबार भएको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।

लगातार दोस्रो वर्ष च्याम्पियन बन्ने क्रममा एपीएफले न्यू डायमण्डमाथि २५–२३, २५–२१, २३–२५ र २५–१८ को सेटमा जित निकाल्यो । उपाधिसँगै एपीएफले २ लाख प्राप्त गरेको छ ।

उपविजेता बनेको न्यू डायमण्डले १ लाख प्राप्त गर्यो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तेस्रो भयो । आर्मीले तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पराजित गरेको थियो ।

तेस्रो भएसँगै आर्मीले ५० हजार प्राप्त गरेको छ । नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको महिलातर्फ ७ टिमको सहभागिता रहेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);