टाइगर कप भलिबल: न्यु डायमण्डसँग आयोजक सोझो सेटमा पराजित | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०७९, बिहीबार

टाइगर कप भलिबल: न्यु डायमण्डसँग आयोजक सोझो सेटमा पराजित

पोखरा । टाइगर कप दोस्रो आमन्त्रित महिला तथा पुरुष क्लबस्तरीय भलिबल च्याम्पियन सिपमा त्रिभुवन आर्मीको महिला तथा पुरुष टोलीले जित निकालेको छ । विभागीय डर्बी प्रतिस्पर्धामा आर्मीले सशस्त्र प्रहरी बलको टोलीलाई पराजित गरेको थियो ।

पुरुषतर्फ नेपाल पुलिस क्लब दोस्रो जितसँगै टाइगर कप क्लब च्याम्पियनसिपको उपाधि निकट पुग्दा महिलामा एपीएफ दोस्रो हारसँगै दोस्रो टाइगर कप क्लब च्याम्पियनसिपको उपाधिबाट लगभग बाहिरिएको छ । आर्मीसँग एपीएफ ३–१ को सेटमा पराजित भएको हो ।

पुरुषतर्फको स्पर्धामा हेल्प नेपाल स्पोर्टस् क्लबलाई पराजित गरेको नेपाल पुलिस क्लबले डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशलाई सोझो सेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । गण्डकीले पहिलो सेटमा अग्रता जोगाउन नसक्दा पुलिसलाई सुम्पिएको हो ।

घरेलु कोर्टमा टाइगर ग्रुप अफ पोखराले आफ्नो पहिलो खेल गुमाएको छ । न्यु डायमण्डले आयोजकलाई हराउँदै जारी प्रतियोगितामा दोस्रो जित निकाल्यो । डायमण्डले सोझो सेटमा आयोजकलाई हराएको हो । राष्ट्रिय कप्तान अरुणा शाहीको कप्तानीमा मैदान छिरेको आयोजकले श्रीलंकाबाट खेलाडी भित्र्याएको थियो ।

Leave a Reply