जोरपाटी डोजो टिम च्याम्पियन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जोरपाटी डोजो टिम च्याम्पियन

काठमाडौं । नेपाल गोजु काई कराँते संघले आयोजना गरेको वुमा खुला कराँते प्रतियोगिताको उपाधि जोरपाटी डोजो टिमले जितेको छ ।

चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा मंगलबार सम्पन्न प्रतियोगितामा जोरपाटीले ५ स्वर्ण, १ रजत र ३ कांस्य जितेर च्याम्पियन बनेको हो । ४ स्वर्ण, ३ रजत र ५ कांस्य जितेर मानसिंह डोजो उपविजेता भएको छ । ३ स्वर्ण जितेको शंखडोल डोजो तेस्रो भयो ।

प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन ११ स्वर्ण पदकको छिनोफानो भएको थियो । कातातर्फ पुरुषमा नेपाल हाइसी–हा एकेडेमीका कृष्ण ऐडीले स्वर्ण जित्दा महिलातर्फ जोरपाटी डोजोकी ईशा वाइबाले स्वर्ण जितिन् । 

महिला ४० केजीमुनि तौलसमूहमा मानसिंह डोजोकी सविना तामाङले स्वर्ण जितिन् । उनले फाइनल गोठाटार डोजोकी रोनिशा खड्कालाई पराजित गरिन् । महिला ४५ केजीमूनि तौलसमूहमा शंखडोलकी अनिता तामाङले तोयोकान एकेडेमीकी शिखा बजगाईंलाई हराएर स्वर्ण जितिन् । साउथ भ्यालीकी नवीना डिम्डुङले महिला ५० केजीमा स्वर्ण जितिन् । उनले फाइनलमा मित्रपार्क डोजोकी सुदीना पाख्रिनलाई पराजित गरेकी हुन् । 

महिला ५५ केजीमा शंखडोलकी युनिका राईले नेपाल हायसी–हा एकेडेमीकी निरुता श्रेष्ठलाई हराएर स्वर्ण जितिन् । महिला ६० केजीमा मानसिंहकी प्रविना गुरुङले स्वर्ण जित्ने क्रममा नागार्जुन डोजोकी उर्शला पहारीलाई पराजित गरिन् । महिला खुलातर्फको स्वर्ण अस्मिता प्रजाले जितिन् । उनी जोरपाटी डोजोकी हुन् । फाइनलमा उनले साउथ भ्यालीकी कोपिला लिम्बुलाई पराजित गरिन् ।

पुरुष ५५ केजीमुनि तौलसमूहमा जोरपाटी डोजोका विशाल केसीले स्वर्ण जिते । उनले फाइनलमा मानसिंहका सुदीन सुनारलाई पराजित गरेका हुन् । पुरुषको ६० केजीतर्फ जोरपाटीका सुजन राईले गोठाटारका राजीव त्रिपाठीलाई हराएर स्वर्ण जिते । पुरुष खुलातर्फ भने गोठाटारका रविन त्रिपाठीले मानसिंहका पारस तामाङलाई पराजित गरी स्वर्ण जिते । 

बाँकी स्पर्धाको फाइनल खेल सोमबार नै सम्पन्न भएको थियो । पुरुषतर्फ ३० केजीमुनि तौलसमूहमा स्वर्ण जितेका आयुश राई र महिलातर्फ ४० केजीमुनि तौलसमूहमा स्वर्ण जितेकी मानसिंहकी सविना तामाङ प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चुनिए । उनीहरू दुवैले गोजु काई कराँते संघका उपाध्यक्ष जनार्दन उप्रेतीको प्रायोजनमा ८–८ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार पाए ।

२ दिनसम्म आयोजित प्रतियोगितामा २० जिल्ला तथा डोजोहरुबाट २ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक तथा संघका उपाध्यक्ष अच्युतराज उप्रेतीले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);