अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियागिताको तयारी अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियागिताको तयारी अन्तिम चरणमा

अन्तर्राष्ट्रिय गोजुरियो कराँते

काठमाडौं, ८ जेठ । बिहीबारबाट सुदूरपश्चिम प्रदेशको धनगढीमा हुन गईरहेको आरविए नवौं अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियागिताको तयारी अन्तिम चरण पुगेको आयोजकले जनाएको छ । राष्ट्रिय गोजरियो कराँते दो संघ सुदूरपश्चिमको आयोजनमा बिहीबारबाट हुन लागेको प्रतियोगगितामा नेपाल लगायत सार्क राष्ट्रका ६ मुलुकको सहभागिता रहने छ ।

बिगत १६ बर्षदेखि धनगढीमा आयोजना भईरहेको अन्तराष्ट्रिय गोजुरियो कराँते प्रतियोगिताको नवाँै संस्करणको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगीतामा सातवटै प्रदेश, स्कुल, कलेज, डोजो, विभागीय टिमका साथै भारत, पाकिस्तान, बगंलादेश, श्रीलंका र भुटानका गरी झण्डै ६ सय भन्दा बढी महिला तथा पुरुष खेलाडीहरु सहभागीताको लागि धनगढी पुगीसकेका छन् ।

प्रतियोगितामा काता, कुमुते र टिम कुमुते गरी तीन विधामा प्रतिस्पर्धा हुने तीनै विधामा ४० स्वर्ण, ४० रजत र ८० कास्य गरी १ सय ६० पदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रथम हुुने टिमले ७५ हजार पुरस्कार पाउने छ भने दोस्रो हुने टिमले ५० हजार पुरुकार पाउने छन् । त्यस्तै टिम कुमुते विजेतालाई ५१ हजार, दोस्रोलाई ३१ हजार, तृतीयलाई २१ हजार प्रदान गरिने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);