सुदूरपश्चिम प्रदेशका युवती र महिलालाई आत्मा रक्षा तालिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशका युवती र महिलालाई आत्मा रक्षा तालिम

श्रवण देउवा
धनगढी, २० असोज । बलात्कारका घटना बढ्न थालेपछि सुदूरपश्चिम प्रदेशका युवती र महिलालाई आत्मा रक्षा तालिम दिन सुरु गरिएको छ । शनिबारदेखि शुरु तालिममा १ हजार ५ सय भन्दा बढी किशोरी, युवती र महिला सहभागी छन् । राष्ट्रिय गोजुरियो कराँते दो संघ र प्रदेश सरकारको आयोजनामा यस्तो तालिम आयोजना गरिएको हो ।

महिलामाथि हुने हिंसा, बलात्कार लगायतका घटना न्यूनीकरण गर्न शिविरले सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो तालिमबाट हामीले आफु सुरक्षित भई आफ्नो सुरक्षा गर्न सफल गराउने स्थानीय रक्षा बमको भनाई छ ।

तालिममा धनगढीका विभिन्न विद्यालयका किशोरी पनि सहभागी छन् । शनिबार पहिलो दिन धनगढी रंगशालामा तालिम सुरु गरिएको हो । निर्मला पन्त बलात्कार पछि हत्या भएको छ उनलाई पनि आफ्नो सुरक्षाको उपायबारे जानकारी भएको भए उनको पनि सुरक्षा हुने तालिममा सहभागी किशोरीको भनाई छ ।

कञ्चनपुरमा निर्मला पन्तको बलात्कार भएको घटनापछि पनि यस्ता घटना नरोकिँदा आत्मरक्षा तालिम दिइएको बताइएको छ । ‘उमेन्स सेल्फ डिफेन्स क्याम्प २०१८’ नाम दिइएको यस तालिममा महिलालाई मनोवैज्ञानिक परामर्श पनि दिइने छ ।

महिला माथी हिंसाका घटना बढ्दै गईरहरेका छन् । यो तलिमबाट धेरै आत्मा वल बढाएको तालिमका सहभागी किशोरीहरुको भनाई छ ।

पहिलोपटक एक सय जना प्रशिक्षक उत्पादन गर्ने र उत्पादित प्रशिक्षकले हरेक स्थानीय तहमा गएर आफूले सिकेको सीप अरुलाई सिकाउने राष्ट्रिय गोजुरियो कराँते–दो संघका महासचिव प्रकाशकुमार चन्दले बताए ।

नेपाल प्रहरीको तथ्यांक अनुसार सुदूरपश्चिममा कैलाली, कञ्चनपुर, बैतडी, डडेलधुरा, डोटी, अछाम, बाजुरा, दार्चुला र बझाङमा आर्थिक वर्ष २०७४/०७५ मा मात्रै १४ सय ८० बलात्कारका मुद्दा दर्ता भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);