चापागाँउमा महिलालाई उद्यमी तालिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

चापागाँउमा महिलालाई उद्यमी तालिम

चापागाउँ । महिलालाई उद्यमी बनाउन ललितपुरको चापागाँउमा तालिम सुरु गरिएको छ । गोदावरी नगरपालिकाको सहयोगमा गोदावरी उद्योग वाणिज्य संघले आयोजना गरेको तालिममा २८ महिला सहभागी छन् ।

उपमेयर मुना अधिकारीले शुभारम्भ गरेकी तालिम २ चैतसम्म सञ्चालन हुनेछ । उपमेयर अधिकारीले महिला उद्योगपति भएको हेर्न चाहेको बताइन् । प्रमुख प्रशिक्षक विश्वनाथ घिमिरेले उद्देश्य महिलालाई उद्यमी बनाई छाड्ने रहेको बताए । गाेदावरी उद्योग वाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले १ सय ५० जनामध्ये विषय विज्ञको छनाेटपछि २८ जना तालिम दिन लागेको बताए ।

तालिम कार्यकमकी संयोजक निर्मला क्षेत्रीले २१‍औँ शताव्दीका महिला आत्मनिर्भर हुन उद्यममा लाग्नुपर्ने बताइन् । बाणिज्य संघका उपाध्यक्ष राजन महर्जनले आमा उद्यमी भएकै कारण आफू उद्यमी बन्न सकेको बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);