कक्षा ११ को नतिजा सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कक्षा ११ को नतिजा सार्वजनिक

rastriya_parikchha_board

काठमाडौं, २० असोज । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ तीन लाख ३२ हजार ८९१, अक्षराङ्कन पद्धतिमा आंशिकतर्फ एक लाख ७६ हजार ४९ र अङ्क प्रणालीमा ४९ हजार ५०५ विद्यार्थीले गरी कूल पाँच लाख ४८ हजार ४४५ जना परीक्षार्थीको सहभागिता रहेका थिए ।

परीक्षामा ग्रेड ए प्लस अर्थात् जिपिए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार १४५ विद्यार्थी छन् । ग्रेड ए अर्थात् जिपिए तीन देखि ३.६० ल्याउने आठ हजार ९४९, ग्रेड बि प्लस अर्थात् जिपिए २.८१ देखि जिपिए ३.२० ल्याउने २४ हजार ११५ विद्यार्थी, ग्रेड बि अर्थात् जिपिए २.४१ देखि २.८० ल्याउने ४८ हजार ७३१ रहेका छन् ।

त्यसैगरी ग्रेड सि अर्थात् जिपिए २.१ देखि २.४० ल्याउने ८६ हजार ७७०, ग्रेड सि अर्थात् जिपिए १.६१ देखि दुई ल्याउने ९२ हजार ग्रेड डि प्लस अर्थात् जिपिए १.२१ देखि १.६० ल्याउने ४१ हजार ४०६, ग्रेड डि अर्थात् जिपिए ०.८१ देखि १.२० ल्याउने आठ हजार १२७ र ग्रेड ई अर्थात् जिपिए ० देखि ०.८० ल्याउने २० हजार ६८५ विद्यार्थी रहेको बोर्डले जनाएकाे छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);