एसईई परीक्षामा १४ हजार २ सय ३४ विद्यार्थीले ल्याए ९० प्रतिशतभन्दा बढी अंक अर्थात ए प्लस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एसईई परीक्षामा १४ हजार २ सय ३४ विद्यार्थीले ल्याए ९० प्रतिशतभन्दा बढी अंक अर्थात ए प्लस

book student

काठमाडौं, १० असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १४ हजार २ सय ३४ विद्यार्थीले ९० प्रतिशतभन्दा बढी अंक अर्थात ए प्लस ग्रेड ल्याएका छन् ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको नतिजा अनुसार १४ हजार २ सय ३४ विद्यार्थीले जिपिए ३ दशमलव छ पाँच देखि ४ ल्याएका हुन् । गत चैत ८ गतेदेखि २० गतेसम्म भएको परीक्षामा ४६ हजार १ सय ३० विद्यार्थीले ए, ४९ हजार ३७ विद्यार्थीले बि प्लस, ७० हजार ५ सय १२ विद्यार्थीले बि र ६१ हजार ८ सय ७० विद्यार्थीले सि प्लस ग्रेड ल्याएका छन् ।

सी ग्रेड ल्याउने विद्यार्थीको संख्या सबैभन्दा धेरै छ । १ लाख १ हजार ४३ विद्यार्थीले सि ग्रेड ल्याएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ३५ हजार ५ सय ८४ विद्यार्थीले डि प्लस, ५८ हजार ६ सय ८८ विद्यार्थीले डि ल्याएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

यसवर्ष ई ग्रेड भने कुनै विद्यार्थीको पनि आएन । परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५ सय ३२ विद्यार्थी सहभागी थिए । आंशिकतर्फ २५ हजार १ सय ३८ विद्यार्थीले परीक्षा दिएकामा कुनै विद्यार्थीले पनि ए प्लस ल्याएनन् । ए ग्रेड पनि जम्मा दुई विद्यार्थीले मात्र ल्याएका छन् । १९ विद्यार्थीले बि प्लस, १ सय ७७ विद्यार्थीले बि, ७ सय २ विद्यार्थीले सि प्लस, ५ हजार ८ सय ९५ विद्यार्थीले सि, ६ हजार ५ सय २७ विद्यार्थीले डि प्लस र ३ हजार १ सय ८ विद्यार्थीले डि ग्रेड ल्याएका छन् ।

प्राविधिक धारको नियमिततर्फ ५ सय ३८ विद्यार्थीले ए प्लस, १ हजार ७ सय ६६ विद्यार्थीले ए, २ हजार ६ सय ५३ विद्यार्थीले बि प्लस, २ हजार ५ सय ८० विद्यार्थीले बि, ६ सय २९ विद्यार्थीले सि प्लस, र १ सय १२ विद्यार्थीले सि ग्रेड ल्याएका छन् । नियमित र आंशिकतर्फ चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थीले आवेदन भरेकामा २१ हजार ८ सय ९७ विद्यार्थी अनुपस्थित भएका थिए । ग्रेड चित्त नबुझ्ने विद्यार्थीका लागि आगामी साउन २३ गतेदेखि पूरक परीक्षा संचालन गरिने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);