रामेछापमा किशोरहिरुलाई यौनदुव्र्यवहारबाट जोगिन प्रतिरक्षा तालिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

रामेछाप, नवराज श्रेष्ठ, १३ असोज । रामेछापको लिखु गाउँपालिकाका किशोरहिरुले यौनदुव्र्यवहारबाट जोगिन प्रतिरक्षा तालिम लिन सुरु गरेका छन् । डर, त्रास र धम्किका कारण दुव्र्यवहारका सहिरहेका किशोरीहरुले त्यसबाट बच्न प्रतिरक्षा तालिम लिन सुरु गरेका हुन् ।

हाम्रो समाजमा विभिन्न खाले दुव्र्यवहारको घटना भइनैरहन्छ । अझ डर, त्रास र धम्कीका कारण यस्ता घटनाहरु लुकाउने प्रवृतिले अपराधिक मानसिकता भएकाहरुले बल पुगेको छ । दुव्र्यवहारको खुलेर प्रतिकार गर्न नसक्दा यस्ता घटना दिनानुदिन बढ्दै गएको छ । तर रामेछापको लिखु गाउँपालिकाका किशोरीहरुले भने यस्ता किसिमका दुव्र्यवहारबाट जोगिन प्रतिरक्षा तालिम लिन सुरु गरेका छन् । भण्डै साढे २ महिना अगाडिबाट सुरु भएको प्रतिरक्षा तालिममा रामेछापको लिखु गाउँपालिका नागदह र बिजुलीकोटका किशोरीहरुको सहभागिता रहेको छ । तालिममा महिलामाथि हुने यौन दुर्यव्यवहार लगायतका हिंसा विरुद्ध लड्नका लागि किशोरीहरुलाई सिकाइएको छ । प्रतिरक्षा तालिमले आफुहरुलाई जुनसुकै समयमा प्रतिकार गर्न आत्मबल बढाएको किशोरीहरुको भनाइ छ ।

लिखु गाउँपालिकाका २० जना किशोरी अहिले प्रतिरक्षा तालिम स्वरुप मार्सलआर्ट तालिम लिरहेका छन् । विद्यालय पढ्ने उमेरका किशोरीहरु मार्शल आर्टका विभिन्न विधाका अभ्यास गरीरहेका छन् । प्रतिरक्षा तालिमले किशोरीहरुमा बोल्न सक्ने र समाजमा हुने गरेका हिंसा बिरद्ध लड्नका लागि अत्मबल बढाउने प्रशिक्षकको भनइ छ ।

रामेछाप जिल्लामा महिला हिंसामा पनि घरेलुहिंसाका घटनाहरु धेरै हुने गरेका छन् । किशोरी र महिलाहरु शारिरिक रुपमा बलियो भए भने दव्र्यवहारको प्रतिरक्षा गर्न सक्छन् भन्ने निश्कर्षमा पुग्दै किशोरीहरुलाई मार्शल आर्टको तालिम प्रदान गरिएको जनाइएको छ । महिला हिंसा न्यनिकरणका लागि महिलानै सक्षम र सबल हुन आवश्यक छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);