कपिलवस्तु जिल्लामा सार्वजनिक बसपार्कको अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

कपिलबस्तु, शम्भु माली, १३  असोज । सम्बन्धित निकायले चासो नदेखाउँदा लाखैं रुपैयाँ खर्च भए पनि कपिलबस्तुमा व्यवस्थित बसपार्क बन्न सकेको छैन । ९ वटा स्थानीय तह रहेको कपिलबस्तुको कुनै स्थानीय तहमा व्यवस्थित बसपार्क छैन । सदरमुकाम तैलीहवामा रहेको बसपार्क पनि अस्तव्यवस्त छ ।

सार्वजनिक सवारी साधनका लागि व्यवस्थित पार्किङ स्थल नहुँदा कपिलबस्तुमा यातायात व्यवसायीहरु सडक किनारामै बस पार्किङ गरिरहेका छन् ।
जिल्ला सदरमुकाम तौलीहवामा रहेको बसपार्क पनि संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ । बसपार्क मर्मतका लागि बर्षेनी लाखैं रकम खर्चिए पनि बसपार्कको अवस्थामा सुधार आएको छैन । बसपार्क मर्मतको ठेक्का लिने ठेकदार, नगरपालिकाका प्राविधिक र कर्मचारीको मिलेमतो रिपोर्ट मात्र तयार पार्ने हुँदा बसपार्कको मर्मत हुन नसेको स्थानीयको भनाइ छ ।

बसपार्कलाई व्यवस्थित बनाउने भन्दै कपिलवस्तु नगरपालिकाले प्रति सवारीसाधन ३० रुपैयाँ रोयल्टी उठाउने गरेको छ । तर बसपार्क व्यवस्थित गर्न नगरपालिकाले खासै चासो देखाएको छ्रैन । बसपार्कमा व्यवस्थित शैचालय नहुँदा यात्रुहरुले खुला क्षेत्रमा नै शौच गर्ने गरेका छन् ।
नगरपालिकाकी उपमेयर लक्ष्मी गुप्ता भने बसपार्कलाई व्यववस्थित बनाउने काम भइरहेको दाबी गर्नुुहुन्छ ।
जिल्लाको कपिलवस्तु नगरपालिकामाबाहेक बाणगंगा, बुद्धभुमि, शिवराज, कृष्णनगर र महाराजगन्ज नगरपालिकामा पनि पार्किङको ब्यबस्था छैन् । व्यवस्थित पार्किङ स्थलको अभावमा जथाभावी गाडी पार्किङ गर्नाले स्थानीयका साथै यात्रुहरुलाई समेत आवतजावत गर्न अप्ठेरो हुनेगरेको छ ।

 

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);