कहिले हुन्छ खलंगा बसपार्कको पुनः निर्माण ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बासुदेव बडु, दार्चुला, २१ असोज । चार वर्षअघि महाकाली नदीमा आएको बाढीले दार्चुला सदरमुकाम खलंगाको बसपार्क बगाए यता सवारीसाधन सडकमै पार्किङ गर्ने गरिएको छ ।

बसपार्क नभएपछि नेपाली सेनाको जग्गा र वीरेन्द्र वनको जग्गालाई बस स्टपका रुपमा प्रयोग गरिएको छ भने सडक र भाडामा निजी जग्गा लिएर सवारी पार्किङ गर्ने गरिएको छ ।

भवन नहुँदा यातायात व्यवसायी समितिहरुले वीरेन्द्र वनको छेउमै रहेको पीपल चौतारामा कुर्सी र टेबल राखेर अस्थायी टिकट काउन्टर सञ्चालन गरेका छन् । शौचालय, यात्रु प्रतीक्षालय र प्रहरी बिटसमेत नहुँदा निकै समस्या छ ।

बसपार्क नहुँदा यात्रुले पनि निकै सास्ती पाइरहेका छन् । यात्रु एवं बस व्यवसायी समितिले भने बसपार्क व्यवस्थापन तथा निर्माणका लागि महाकाली नगरपालिकाले कुनै पहल नगरेको गुनासो गरेका छन् ।

स्थायी बसपार्क निर्माणका लागि महाकाली नगरपालिकालाई अनुरोध गरे पनि निर्माण सुरु नभएको स्थानीय बासिन्दा एवं व्यवसायी समितिहरुको आरोप छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);