कोशी कोशीटप्पु वन्यजन्तु आरक्षमा पर्यटक संख्या बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सुनसरी, २१ असोज । पूर्वाञ्चलको पर्यटकीय क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षको गत वर्ष ११ हजार पर्यटकले अवलोकन गरेका छन् ।

सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिम कुशाहामा पर्ने कोशीटप्पुको आर्थिक वर्ष २०७३÷७४ मा ११ हजार दुई सय ५० पर्यटकले अवलोकन गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिएका छन् ।

वैशाखमा सबैभन्दा बढी र पुसमा सबैभन्दा कम पर्यटकले अवलोकन गरेको आरक्षले जनाएको छ । आरक्षमा वैशाखमा एक हजार आठ सय ७४ जना पर्यटक आएका छन् भने पुसमा एक सय २३ जनामात्र आएका छन् ।

अवलोकनका लागि आउने पर्यटकबाट गत वर्ष सात लाख ८५ हजार एक सय रुपैयाँ राजस्व संकलन भएको आरक्ष प्रशासनले जनाएको छ । कोशीटप्पु आरक्षमा विभिन्न किसिमका चराचुंरुगीका साथै अर्ना, हात्तीलगायतका जंगली जनावर अवलोकन गर्न सकिन्छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);