सञ्चारविहीन कोशीटप्पु वन्यजन्तु आरक्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सञ्चारविहीन कोशीटप्पु वन्यजन्तु आरक्ष

सुनसरी १६ पुस । सञ्चार सुविधाका हिसाबले सुनसरी सुगम जिल्ला हो । तर, सुनसरी जिल्लामा पर्ने कोशीटप्पु वन्यजन्तु आरक्ष भने सञ्चारविहीन छ । कोशीटप्पु सञ्चारविहीन हुँदा आरक्षको दैनिक काम–कारबाही प्रभावित बनेको छ भने स्थानीयले आरक्षसँग सम्पर्क गर्न सकेका छैनन् ।

कोशीटप्पु प्रदेश नम्बर १ को प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा चिनिन्छ । वार्षिक करिब १३ हजार पर्यटक कोशीटप्पु अवलोकन–भ्रमणका लागि पुग्छन् तर, सञ्चार अभावमा भ्रमणमा जाने पर्यटकदेखि स्थानीय बासिन्दाले समेत सास्ती खेप्ने गरेका छन् ।

विश्व रामसार सूचीमा सूचीकृत सिमसार क्षेत्र कोशीटप्पुमा देशका ठूला संस्था नेपाल टेलिकम र एनसेलले पनि सञ्चार सुविधा उपलब्ध गराउन चासो देखाएका छैनन् । सञ्चार सम्पर्क नहुँदा दैनिक कामकाजमा समेत कठिनाइ आइपरेको कोशीटप्पु आरक्षका कर्मचारी बताउँछन् । सञ्चार सुविधा नहुँदा दैनिक इमेल गर्न र कुनै कुराको जानकारी लिनसमेत कर्मचारीलाई सदरमुकाम इनरुवा पुग्नुपर्ने बाध्यता छ । आरक्षको कार्यालय जंगलको छेउमा भएकाले वन्यजन्तुले आक्रमणको प्रयास गर्दा पनि उनीहरू सुरक्षाकर्मीलाई खबर गर्न सक्दैनन् ।

आरक्षमा सञ्चार सुविधा नहुँदा कुनै कार्यक्रमका लागि अतिथि बोलाउन र कुनै पनि जानकारी विभागमा पठाउन कर्मचारीहरू इनरुवा नै पुग्नुपर्छ । आरक्षका कर्मचारीका अनुसार नेपाल टेलिकमको क्षेत्रीय कार्यालय विराटनगरले सुरु गरेको टावर निर्माण कार्य पनि पूरा नहुँदै अलपत्र छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);