मृत हात्ती भेटियो सुनसरीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मृत हात्ती भेटियो सुनसरीमा

काठमाडौं ।  सुनसरीको बराहक्षेत्र २ स्थित कौशिका सामुदायिक वन क्षेत्रभित्र मृत हात्ती फेला परेको छ ।

अन्दाजी ३०–४० वर्षको देखिने मत्ता हात्ती आज बिहान ६ बजे मृत अवस्थामा भेटिएपछि स्थानीयले सवडिभिजन वन कार्यालय नडाहाका रेन्जर लेखनाथ भण्डारीलाई जानकारी दिएका थिए ।

दुर्गन्धित अवस्थामा फेला परेको हात्ती तीन दिन अघि मरेको हुन सक्ने रेन्जर भण्डारीले जानकारी दिए । केही दिन अघिदेखि सो क्षेत्रमा २०–२५ वटा हात्ती समूहमा घुमिरहेको देखेको स्थानीयले बताएका छन् ।

हात्ति कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हो वा भारतबाट आएको हो एकीन गर्न बाँकी रहेको भण्डारीको भनाइ छ । वन कर्मचारी, प्रहरी, जनप्रतिनिधि र स्थानीयको रोहवरमा मुचुल्का उठाइएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट विज्ञ टोली आएपछि पोस्टमार्टम गर्ने वा सदगद गर्ने भन्ने बारेमा प्रक्रिया सुरु हुने रेन्जर भण्डारीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);