भारतको हात्ती नेपालमा मृत भेट्टियो, स्थानीयले धुपदीप र भेटी चढाएर गरे पूजाआजा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कञ्चनपुर, १० भदौ। कञ्चनपुरको पुर्वी सीमान्त पुनर्बासको विकासबस्तीमा भारतीय निकुञ्जबाट आएको एक हात्ती शुक्रबार मृत अबस्थामा फेला परेको छ।

 

सीमावर्ती भारतीय दुधवा राष्ट्रिय निकुञ्जबाट लालझाडी वन तर्फ जाँदै गर्दा नमुना सामुदायिक वन क्षेत्र नजिक हात्ती मृत भेटिएको हो। यो हात्ती मरेको अवस्थामा भेटिएपनि स्थानीयले भने हात्तीलार्इ पूल अक्षता र पैसा समेत चढाएर पूजा गरेका थिए।

 

सामुदायिक वन क्षेत्रबाट आउने जंगली बनेललाई लक्षित गरी राखिएको विद्युतीय पासोमा परेर जंगली हात्ती मरेको स्थानीयहरुले बताए पनि आधिकारिक पुष्टि भने हुन नसकेको ईलाका वन कार्यालय सेक्टरका प्रमुख दिनेश यादबले बताएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);