डडेल्धुराः सार्वजनिक शौचालय बन्यो फलफुल पसल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विमल जैरु, डडेल्धुरा, १० भदौ । आम सर्वसाधरणलाई सहज होस्  भन्ने हिसाबले सार्वजनिक शौचालय निर्माण हुने गर्दछ ।  तर  डडेल्धुराको सदरमुकाममा रहेको सार्वजनिक शौचालय छुटट्याउन भने सर्वसाधरणलाई कठिन भएको छ ।

 

डडेल्धुरा सदरमुकामको मुख्य व्यापारिक केन्द्रमा रहेको सार्वजनिक शौचालयमा पुग्ने धेरैजसो व्यक्ति झुकिन्छन्, किनकी यो शौचालय हो कि पसल छुट्याउन निकै गाह्रो छ ।   सदरमुकामको बसपार्क नजिकै रहेको सार्वजनिक शौचालय वरपर फलफूल पसल छन् जसको कारण यात्रुहरु झुकिने गर्दछन् ।

 

पहाडी जिल्लाहरुको केन्द्रबिन्दुको रुपमा रहेको डडेल्धुरामा खुला दिसामुक्त जिल्ला घोषणामै सीमित देखिन्छ । अहिले सरसफाइ र हराभरा वातावरण बनाउने होडबाजी देखिन्छ । तर सदरमुकामको मुख्य व्यापारिक केन्द्रमा रहेको सार्वजनिक शौचालय आमनागरिकलाई सार्वजनिक शौचालय हो कि पसल  भनी ठम्याउनै गाह्रो हुने गरेको छ । बसपार्क क्षेत्रमा रहेको एकमात्र सार्वजनिक शौचालयमा नागरिकको नजर पर्न नसकेको स्थानियहरुको गुनासो छ ।

 

सार्वजनिक शौचालयको प्रयोग नभई आसपासका क्षेत्रमा खुला रुपमा दिसा पिसाब गर्न थालेपछि यो क्षेत्र दुर्गन्धित बन्दै गएको स्थानियको भनाई  छ ।

 

आम सर्वसाधरणको गुनासो पछि अमरगढी नगरपालिकाले सार्वजनिक शौचालय निरिक्षण गरिसकेको र यसलाई सम्बन्धीत निकायहरु सँगको छलफल पछि शौचालयका आसपासमा रहेका पसलहरु छिट्टै हटाईने  नगरपालिकाको तयारी छ ।

 

शौचालयलाई व्यवस्थीत गरी सर्वसाधरणको प्रयोगमा ल्याउने अमरगढी नगरपालिका डडेल्धुराका  प्रमुखले बताएका छन् ।  सार्वजनिक सरोकारका विषयमा सम्बन्धित निकायले बेलैमा सोचिदिने हो भने यस्ता क्षेत्रहरुको प्रयोगमा व्यापकता आउन सक्थ्यो र वातावरण सफाईमा पनि टेवा पुग्ने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);