सार्वजनिक शौचालयको संख्या थप्दै जाने कीर्तिपुर नगरपालिकाको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सार्वजनिक शौचालयको संख्या थप्दै जाने कीर्तिपुर नगरपालिकाको प्रतिवद्धता

काठमाडौं, २३ फागुन । तीव्र सहरीकरणसंगै जनघनत्व बढेपछि राजधानी काठमाडौं उपत्यकामा सार्वजनिक शौचालय अभाव छ । पर्याप्त सार्वजनिक शौचालय नहुँदा राजधानीमा सर्वसाधारणले दैनिक सास्ती खेप्नु परेको छ ।

राजधानीमा वर्षाैदेखि यस्तो समस्या देखिरहेको बेला कीर्तिपुर नगरपालिकाले सार्वजनिक शौचालय निर्माण, सञ्चालन र व्यवस्थापन सम्बन्धी मार्ग निर्देशन सार्वजनिक गरेको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिका सार्वजनिक शौचालय व्यवस्थापन सम्बन्धी मार्ग निर्देशन जारी गर्ने नेपालकै पहिलो नगरपालिका भएको छ ।

मार्ग निर्देशन जारी भएसँगै अब नगरपालिकाले जनसंख्या र सार्वजनिक ठाउँको महत्वलाई हेरी आवश्यकता अनुसार सार्वजनिक शौचालय निर्माण गर्नुपर्नेछ । हाल कीर्तिपुर नगरपालिकामा १२ वटा सार्वजनिक शौचालय रहेको छ ।

यसलाई व्यवस्थित गर्ने र आवस्यक स्थानमा शौचालयको संख्या थप्दै जान नगरपालिकाले मार्ग निर्देशन मार्फत सार्वजनिक प्रतिवद्धता जनाएको छ

विगतमा शौचालयहरु ठेक्का दिने प्रवृतिले बेथिति निम्त्याएको र अब शौचालय स्थानिय तहले बनाईदिने अनि आम सर्वसाधारणले निशुल्क प्रयोग गर्न पाउनु पर्ने सार्वजनिक शौचालयका अभियन्ता प्रकाश अमात्य बताउनुहुन्छ ।

शार्वजनिक शौचालय व्यवस्थित गर्ने सम्बन्धी कार्यदिसा र निर्देशीका नेपाल सरकारसंग स्पस्ट छैन । जसका कारण राजधानी भएर पनि काठमाडौं उपत्यकामा सार्वजनिक शौचालयको अभाव छ र भएका पनि चल्न सक्ने अवस्थाका छैनन् । यसलाई व्यवस्थित गर्न सार्वजनिक शौचालय सहकारीको माध्यमबाट सञ्चालन गर्नु पर्ने अर्का अभियन्ता रामेश्वर पोख्रेलको भनाई छ ।

अहिले काठमाडौं उपत्यकामा जम्मा ६५ वटा सार्वजनिक शौचालय रहेका छन् । यसमध्ये काठमाडौंमा ३७, ललितपुरमा ११, कीर्तिपुरमा १२ र मध्यपुर ठिमीमा ६ वटा सार्वजनिक शौचाय रहेका छन् ।

केही बाहेक अधिकांश शौचालय दुर्गन्धले गर्दा प्रयोगविहीन जस्तै छन् । अधिकांश शौचालयमा पानीको अभाव रहेको देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);