सार्वजनिक शौचालयको अभाव, यात्रु र स्थानीयवासीलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विमल जैरुैं, डडेल्धुर, १२ भदौ ।

सरकारले २०७० साल जेठ २६ गते डडेल्धुरा जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेको थियो । तर, खुला दिसामुक्त क्षेत्र घोषणा भएको चार वर्ष पुग्नै लाग्दा पहाडी जिल्लाहरुको मुख्य केन्द्र डडेल्धुरा बजारमै व्यवस्थित सार्वजनिक शौचालय छैन । शौचालय अभावमा लामो दूरीका यात्रु र स्थानीयसमेत मनपरी शौच गर्न बाध्य छन् ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सरसफाइका लागि सरकारी तथा गैरसरकारी संघ–संस्थाहरूको होडबाजी नै चल्ने गर्छ । तर, अहिलेसम्म सदरमुकाममै एउटा व्यवस्थित शौचालय छैन । बसपार्क क्षेत्रमा रहेको एउटा सार्वजनिक शौचालय पनि भेटाउन हम्मे पर्छ । जथाभावी शौच गरिँदा बजार क्षेत्र दुर्गन्धित बनेको छ ।

 

सर्वसाधारणको गुनासोपछि अमरगढी नगरपालिकाले सार्वजनिक शौचालयको निरीक्षण गरिसकेको छ । नगरपालिकाले सम्बन्धित सरोकारवालासँग छलफल गरी शौचालय आसपास रहेका पसल छिट्टै हटाउने र शौचालयलाई व्यवस्थित बनाउने जनाएको छ ।

 

खुला दिसामुक्त जिल्लाको सदरमुकामकै यस्तो हविगत छ भने दूरदराजको अवस्था कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ । रिबन काट्न हतार गर्ने तर परिणाममा ध्यान नदिने प्रवृत्ति दोहोरिरहने हो भने खुला दिसामुक्त अभियान, अभियानमै सीमित नहोला भन्न सकिन्न ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);