इलाममा खुला दिशामुक्त अभियान प्रभावकारी भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इलाममा खुला दिशामुक्त अभियान प्रभावकारी भएन

khulla dishamukta

टिका खतिवडा
इलाम, २३ पुस । इलाम जिल्ला दिशामुक्त जिल्ला घोषणा भएको पाँच बर्ष बितिसक्दा पनि यथार्थमा त्यहाँका बजार क्षेत्र खुला दिशामुक्त हुन सकेका छैनन् । बजार क्षेत्रमै पर्याप्त सार्वजनिक शौचालय नहुँदा विभिन्न व्यवसायमा लागेकाहरु नै खुला ठाउँमा शौच गर्न बाध्य छन् ।

इलाम खुला दिशामुक्त जिल्ला घोषणा भएको पाँच बर्ष पुरा भएको छ । तर, तामझामका कार्यक्रम गरेर गरिएको घोषणाको व्यवहारिक कार्यान्वयन हुनसकेको छैन । बजार क्षेत्रमै सार्वजनिक शौचालय निर्माण नहुँदा खुलादिशामुक्त जिल्लाका व्यापारीहरु खुला शौच गर्न बाध्य छन् । इलाम सदरमुकामको तरकारी बजार वरपर सार्वजनिक शौचालय नहुँदा तरकारी व्यापारीहरु नैं खुल्ला शौच गरिरहेका छन् ।

गत साउन अन्तिमबाट तरकारी बजार चियावारी नजिकै सरेपछि शौचालयको अभावमा व्यापारीहरु मर्कामा परेका हन् । आफुहरुले महिनाको हजार-१५सय भाडा तिरेर बसेको भएपनि एउटा शौचालयको समेत व्यवस्था नभएकोप्रति व्यापारीहरु आक्रोशित छन् ।

व्यापारीहरुले खाजा खान जाने बेला होटलमा शौच गर्ने गरे पनि अन्य समयमा होटलका शौचालयमा चाबी लाग्ने भएकाले चियाबारीमा शौच गर्न बाध्य भएको गुनाशो गरेका छन् ।

तरकारी बजार रहेको इलाम नगरपालिका–७का वडाध्यक्ष नरेश श्रेष्ठले व्यापारीहरुको समस्या सम्बोधन गर्न उपभोक्ता समिति गठन गरी नगर कार्यपालिका समक्ष पेश गरिसकेको जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);