कर्मचारी आन्दोलित हुँदा सेवाग्राही मारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कर्मचारी आन्दोलित हुँदा सेवाग्राही मारमा

birgunj karmachari andolit

राजुप्रसाद साह
वीरगन्ज, २३ पुस
। पाँच दिनदेखि वीरगंज महानगरपालिकाका कर्मचारी आन्दोलित भएपछि सेवाग्राही समेत मारमा परेका छन् । गाउँ–गाउँबाट आएका कर्मचारीहरु काम नभएपछि खाली हात घर फर्किरहेका छन् ।

विभिन्न माग राख्दै वीरगंज  महानगरपालिकाका कर्मचारीहरु आन्दोलित भएपछि सेवाग्राहीहरु मारमा परेका छन् । गाउँ–गाउँबाट आएका सर्वसाधरणहरु कुनै काम नभएपछि रित्तो हात घर फर्किरहेका छन् ।

महानगरका कर्मचारीले अस्थायी, करार र ज्यालादारी कार्यरत कर्मचारीको रोजगारीको ग्यारेन्टी गर्नुपर्ने, कर्मचारीको बुद्धि विकास र बढुवा हुनुपर्ने लगायतका विभिन्न माग राख्दै आएका छन् । कर्मचारीले राखेका मागका विषयमा वीरगंज महानगरपालिकाले बार्ता समिती गठन गरेपनि ठोस निर्णय नआएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने कर्मचारीहरुको भनाई छ ।

स्थानीय तह कर्मचारी संघ नेपाल वीरगंज , नगरपालिका कर्मचारी एशोसियसन बिरगंज महानगरपालिका इकाई समितीको नेतृत्वमा भएको आन्दोलनका कारण अहिले बिरगंजमा फोहर समेत उठ्न सकेको छैन ।

फोहरका कारण वीरगंज दुगन्ध्रित र अस्तव्यस्त छ । फोहर अझै केही समय नउठ्ने हो भने शहरमा महामारी फैलिन सक्ने भन्दै महानगरवासीले समेत चिन्ता व्यक्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);