स्थानिय निकायका कर्मचारी आन्दोलित बनेपछि सेवाग्राही मर्कामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

स्थानिय निकायका कर्मचारी आन्दोलित बनेपछि सेवाग्राही मर्कामा

३ फागुन, इलाम । स्थानिय निकायका कर्मचारीहरु १३ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएपछि जिल्ला बिकास समिति इलाम, तीनवटा नगरपालिका ४३ वटा गाविसको काम ठप्प भएको छ । अनिश्चित कालिन आन्दोलनका कारण स्थानिय निकायहरुमा कामकाज ठप्प भएको छ । गाउँगाउँबाट आएका सेवाग्राहिहरु रित्तै फर्किनुपरेको छ ।

स्थानिय निकायका कर्मचारी आन्दोलित बनेपछि सेवाग्राही मर्कामा

३ फागुन, इलाम । स्थानिय निकायका कर्मचारीहरु १३ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएपछि जिल्ला बिकास समिति इलाम, तीनवटा नगरपालिका ४३ वटा गाविसको काम ठप्प भएको छ । अनिश्चित कालिन आन्दोलनका कारण स्थानिय निकायहरुमा कामकाज ठप्प भएको छ । गाउँगाउँबाट आएका सेवाग्राहिहरु रित्तै फर्किनुपरेको छ ।  स्थानिय निकायका कर्मचारीलाई सरकारले बिभेद गरेको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुुन् । माघ १८ गतेदेखी पहिलो चरणको आन्दोलन गर्दा समेत माग सुुनुवाइए भएपछि फागुुन एक गतेवाट दोस्रो चरणको आन्दोलन अन्तर्गत उनीहरुले पेन डाउन सहित जिविस कार्यालयमा धर्ना दिइरहेका छन् ।

 
स्थानिय निकानय कर्मचारी संघ, नगरपालिका कर्मचारी संघ र गाउँ विकास कर्मचारी संघले सम्युुक्त रुपमा आन्दोलन गर्दा सेवाग्राहि मार्कामा परेका हुुन् । अब बन्ने स्थानीय तहका नयाँ संरचनाहरुमा स्थानीय निकायमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने, स्थानीय तहका संरचनाहरुमा कर्मचारीको व्यस्थापन र समायोजन गर्दा हाल स्थानीय निकायमा कार्यरत कर्मचारीलाई पायक पर्ने स्थानमा समायोजन गरिनुपर्ने, स्थानीय निकायको निर्वाचन अविलम्व गर्नु पर्ने लगायतका माग राख्दै आन्दोलन गरिएको स्थानिय निकाय कर्मचारी संघ इलामका सचिव बबुल भक्तराजले जानकारी दिए ।

आन्दोलनमा उत्रिएका कर्मचारीले स्थानिय विकास अधिकारी, प्रमुख जिल्ला इन्जिनियर, कार्यकारी अधिकृत लगायत निजामती कर्मचारीहरु र गाविस सचिवहरुलाई कार्यालय प्रवेशमा निषेध लगाउनुका साथै उनीहरुले प्रयोग गर्दै आएको सवारी संचालनमा रोक लगाउँदै आएका छन् ।
चाँडोभन्दा चाँडो माग सुुनुवाई गरेर सहज वातावरण बनाउनुपर्ने गाउँ विकास समिति कर्मचारी संघ इलामका अध्यक्ष मोहन कुँवरले वताए । उनका अनुुसार माग पुुरा भए पछि मात्र आन्दोलन स्तगित हुुने छ ।  

माग सम्वोधन नगरिए अनिश्चितकालिन स्थानिय निकायको कामकाज ठप्प पार्ने र अन्य आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने उनीहरु वताउँछन् । सेवाग्राहीलाई दुख दिने मनसाय होइन तर पनि सरकारले माग सुनवाइ नगरेका कारण आन्दोलित बन्नु परेको कर्मचारीहरु वताउँछन् । मागको तत्काल सुनवाइ हुन नसके आन्दोलन कति लम्बिएर जाने हो अनी सेवाग्राहिले कहिले सम्म दुुख पाउने हुने त्यो पनि अनिश्चत नै छ ।

 कामकाज ठप्प भएको भन्दै नेपाली कांग्रेस इलामले प्रेश विज्ञप्ती जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति सभातति हिमालय कर्माचार्यद्धारा हस्ताक्षरित विज्ञप्तिमा स्थानिकायको कामकाज ठप्प हुँदा सर्व साधारण जनताका लागि सेवा प्रवाहमा असर परेको, विकास निर्माण योजना सञ्चालनमा ढिलाई भएको र जिविसको योजना तर्जुमाका कार्यहरु सकेत प्रतिकुल प्रभाव पर्ने उल्लेख छ । वार्ताको माध्यमबाट जायज मागको उचित सम्वोधन गर्ने गरि समस्या समाधान गर्न पनि आग्रह नेपाली कांग्रेसले गरेको छ ।  

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);