चौथो उदयपुर गोल्डकपमा रुपन्देही फाइनल प्रबेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चौथो उदयपुर गोल्डकपमा रुपन्देही फाइनल प्रबेश

३, फागुन, उदयपुर । उदयपुरमा जारी चौथो उदयपुर गोल्डकपको आज भएको सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै रुपन्देही ११ फाइनलमा प्रवेश गरेको छ । हिमालयन शेर्पा क्लबलाई तीन दुई अन्तरले पराजित गर्दै रुपन्देही ११ फाइनलमा प्रवेश गरेको हो ।
प्

प्रतियोगितामा रुपन्देही ११ का लागि खेलको २० औं मिनेटमा जर्सी नम्बर १० का अमर डंगोलले पहिलो गोल गरेका थिए ।  खेलको ३७ औं मिनेटमा रुपन्देहीकै लागि जर्सी नम्बर १३ का दीपक राईले दोस्रो गोल गर्दै खेलमा दुई शून्य गोलको अग्रता कायम गराएका थिए । खेलको ८२ आंै मिनेटमा हिमालयन शेर्पाका जर्सी नम्बर १० का विश्वास श्रेष्ठले टिमका लागि पहिलो गोल गरेका थिए । खेलको अन्तिम समयमा रुपन्देही ११ का लागि जर्सी नम्बर १३ का दीपक राईले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गर्न सफल भए ।

पाँच मिनेट थप गरिएको समयलाई सदुपयोग गर्दै ९१ औं मिनेटमा रुपन्देहीकै तर्फबाट दिपक राईले थप एक गोल गरे । त्यस लगत्तै ९२ औं मिनेटमा शेर्पाका विदेशी खेलाडी एलेक्सले १ गोल फर्काएका थिए । प्रतियोगिता अन्तर्गत बिहीबार उपाधिका लागि रुपन्देही ११ ले मोरङ ११ संग प्रतिस्पर्धा गर्ने छ ।    

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);