ए डिभिजन लिग : तेस्रो चरणको खेल सम्पन्न चौथो चरणका खेल सोमबारदेखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ए डिभिजन लिग : तेस्रो चरणको खेल सम्पन्न चौथो चरणका खेल सोमबारदेखि

काठमाडौं, ८ मंसिर । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार तेस्रो चरणको खेल सकिएको छ । तेस्रो चरणसम्म आइपुग्दा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबले मात्र लगातार तीन खेलमा जित हात पार्दै तालिकाको शीर्ष दुई स्थानमा रहेका छन् ।

सशस्त्र प्रहरी बलको मैदानमा शनिबार भएको दोस्रो खेलमा हिमालयन शेर्पाले जावलाखेल युथ क्लबमाथि २–१ गोलको जित निकाल्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । अहिले सम्म २ खेलमा जित र एक खेलमा बराबरी खेलेको शेर्पाले ७ अंक जोड्दा ७ अंक भएको आर्मी चौथो स्थानमा छ ।

शेर्पा र जावलाखेलबीचको खेलको पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको थियो । शेर्पाले शुरुदेखि नै पाएका मौका सदुपयोग गर्न नसक्दा गोल गर्नबाट चुकेको थियो ।

जाउलाखेलले पनि सुरुवातमा पाएका दुई मौका चुकाउन पुग्यो । खेलको ६६ औं मिनेटमा कर्ण लिम्बुले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाए । विश्वास श्रेष्ठको प्रहार डिफ्लेक्ट भएर आएको बललाई कर्णले गोलमा परिणत गरे ।

त्यसपछि ७५ औं मिनेटमा फेरी कर्ण लिम्बुले नै गोल गर्दै अग्रता दोब्बर पारे । ७८ औं मिनेटमा शेर्पाले फेरी अर्को मौका पाएपनि सदुपयोग भने गर्न सकेन । खेलमा दुई शुन्यले पछि परेको जाउलाखेलले ८६ औं मिनेटमा एक गोल फर्कायो ।

शेर्पाका गोलकिपर र डिफेन्डरको तालमेल नमिल्दा जाउलाखेलका अनिश गुरुङले गोल गरेका थिए । खेलको अन्तिममा पनि जाउलाखेलले गोल उत्कृष्ट मौका खेर फाल्दा हार ब्यहोर्यो ।

यसअघि शनिबार नै भएको पहिलो खेलमा सरस्वतीले फ्रेण्ड्स क्लबलाई ३–० ले हराउँदै लिगमा पहिलो तीन अंक जोडेको छ । यसअघिका दुबै खेलमा सरस्वती पराजित भएको थियो । चौथो चरणका खेल आगामी सोमबारदेखि शुरु हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);