ए डिभिजन लिग : हिमालयन शेर्पाकोे तेश्रो जित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

ए डिभिजन लिग : हिमालयन शेर्पाकोे तेश्रो जित

आजै भएको दोस्रो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै अंक बाँडे

काठमाडौं, १२ मंसिर । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पाले तेश्रो जित निकालेको छ । बुधबार भएको खेलमा हिमालयन शेर्पाले मछिन्द्र क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिमालयन शेर्पाको जितमा कर्ण लिम्बु र आशिष गुरुङले एक एक गोल गरेका थिए ।

२१ औं मिनेटमा आशिष गुरुङले गोल गर्दै हिमालयन शेर्पालाई सुरुवाती अग्रता दिलाएका थिए । उनले उत्कृष्ट हेड गोल गरेका थिए । खेलको अन्तिम मिनेटमा कर्णले गोल गर्दै हिमालयन शेर्पालाई २-० को जित दिलाए ।

जितसंगै हिमालयन शेर्पाले ४ खेलबाट १० अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । मछिन्द्र २ अंक सहित ११ औं स्थानमा छ ।

आजै भएको दोस्रो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);