ए डिभिजन लिग : हिमालयन शेर्पाद्वारा ब्रिगेड ब्वाईज पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ए डिभिजन लिग : हिमालयन शेर्पाद्वारा ब्रिगेड ब्वाईज पराजित

काठमाडौं, ११ पुस । ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाईजलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा शेर्पा क्लबले ब्रिगेडलाई ४–१ गोल अन्तरले हराएको हो ।

पहिलो हाफमा गोलरहित बराबरी खेले पनि दोस्रो हाफको ९ मिनेटको अन्तरमा दुई गोल गर्दै हिमालयन शेर्पा क्लब खेलमा फर्किएको थियो ।

खेलको ४६ औं मिनेटमा बिदेशी खेलाडी गोहाप्याट्रीकले हिमालयनलाई सुरुवाती अग्रता दिलाएका थिए । ५४ आंै मिनेटमा हिमालयन शेर्पाले अग्रतालाई दोब्बर बनायो । बिशोन गुरुङले हानेको बल गोलकिपरको हातबाट फुस्किएपछि गोल भएको थियो ।

तेस्रो गोल विश्वास श्रेष्ठले गरे । ६३ औं मिनेटमा कर्ण लिम्बुको प्रहार गोलकिपरले क्लियर गर्न नसक्दा बिश्वासले खोसेर गोल गर्न सफल भएका हुन । चौंथो गोल खेलको ८० औ मिनेटमा सम्भव भयो । प्याट्रिकको पास सदुपयोग गर्दै विश्वासले ब्रिगेडलाई ४–० को स्थितिमा पु¥याएका थिए ।

खेल सकिन ३ मिनेट बाँकी छदाँ ब्रिगेडले एक गोल फर्कायो । अनिल राईको पास सदुपयोग गर्दै बर्तमान राईले ब्रिगेडको तर्फबाट शानत्वना गोल फर्काएका थिए ।

जितसंगै हिमालयन शेर्पा ११ खेलबाट १७ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । ब्रिगेड ६ अंकसहित तालिकाको १३ औ स्थानमा छ । यसैबीच, फ्रेन्ड्स क्लबले न्युरोड टिमएनआरटीसँग बराबरी खेलेको छ । एपीएफको हलचोक मैदानमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);