ए डिभिजन लिग : हिमालयन शेर्पाद्वारा एनआरटी १–० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ए डिभिजन लिग : हिमालयन शेर्पाद्वारा एनआरटी १–० ले पराजित

himalayansherpavsnrt

काठमाडौं, २ पुष । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) ले लगातार आठौं खेलमा पनि हार ब्यहोरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा खेल मैदानमा सोमवार भएको खेलमा हिमालयन शेर्पा क्बलसँग एनआरटी १–० गोलअन्तरले पराजित भएको हो ।

हिमालयन शेर्पाको जितमा विश्वास श्रेष्ठले गोल गरेका थिए । खेलको ४५औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको हिमालयन शेर्पाले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्न सफल भयो ।

जितसँगै हिमालयन शेर्पा क्लबले नवौं खेलबाट १४ अंक बनाएको छ । लिगको पुछारमा रहेको एनआरटी अझै जितविहीन रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);