ईपिएल क्रिकेट : विराटनगर वारियर्स लिग चरणबाटै बाहिरियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ईपिएल क्रिकेट : विराटनगर वारियर्स लिग चरणबाटै बाहिरियो

kathmanduvsbiratnagar epl

काठमाडौं, २ पुष । विराटनगर वारियर्स एभेरेष्ट प्रिमियर लिग क्रिकेटबाट बाहिरीएको छ । लिगको अन्तिम खेलमा काठमाडौंसँग ५ विकेटले पराजित भएपछि विराटनगरको यात्रा लिग चरणमा नै टुंगिएको हो । विराटनगरको हारले चितवन प्लेअफमा पुगेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १७ ओभर ५ बलमा १०० रनमा अलआउट भयो । काठमाडौंका लागि बलिङमा केभिन ओब्राइनले तीन तथा प्रविन शाहु र विक्रम भुषालले दुई-दुई विकेट लिए ।

जवाफमा काठमाडौंले १७ ओभर ५ बलमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । विराटनगरको हारले चितवन रनरेटमा अगाडी रहदै प्लेअफमा पुगेको छ ।

अब प्रतियोगिताको फाइनल प्रवेशका लागि ललितपुर र काठमाडौं तथा इलिमिनेटर राउण्डमा भैरहवा र चितवन खेल्ने भएका छन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);