बुटवललाई ४ विकेटले पराजित गर्दै विराटनगर पिपिएलको प्लेअफमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बुटवललाई ४ विकेटले पराजित गर्दै विराटनगर पिपिएलको प्लेअफमा प्रवेश

पोखरा, ९ पुस । आक्रामक ब्याटिङ प्रस्तुत गर्दै विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग क्रिकेट पिपिएलको प्लेअफमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बुधबार बुटवल ब्लास्टर्सलाई ४ विकेटले पराजित गरेर विराटनगर पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको प्लेअफमा प्रवेश गरेको हो ।

काठमाडौं गोल्डेन वारियर्ससँग समान ४ अंक भए पनि नेट रनरेटमा विराटनगरले प्लेअफमा स्थान सुरक्षित गरेको हो । बुटवल विरुद्ध १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले प्लेअफमा पुग्नका लागि १२ दशमलव २ ओभरमै खेल जित्नुपर्ने थियो ।

आक्रामक ब्याटिङ गर्दै ११ दशमलव ४ ओभरमै ६ विकेट गुमाएर खेल जितेपछि विराटनगर प्लेअफमा सफल भएको हो । विराटनगरका नोमान खानले ३५, पुनित मेहराले ३२, र मोहम्मद जियाद आलमले २४ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । बुटवलका हर्ष टंकले ६७ रन बनाए । फाइनल प्रवेशका लागि बिहीबार विराटनगर र बुटवलबीच नै प्लेअफ खेल हुनेछ ।

बिहीबारको विजेताले उपाधिका लागि शनिवार चितवनसंग खेल्ने छ । चितवन लिगका सबै ५ खेल जितेर फाइनलमा पुगेको होे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);