ए डिभिजन लिगमा आज ब्रिगेड र मनाङ तथा संकटा र जावलाखेल भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ए डिभिजन लिगमा आज ब्रिगेड र मनाङ तथा संकटा र जावलाखेल भिड्दै

a division league

काठमाडौं, १० पुस । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लब र मनाङ मस्याङ्दी क्लब तथा दोस्रो खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेल एन्फा कम्प्लेक्समा मध्यान्न १२ बजे सुरु हुनेछ भने दोस्रो खेल दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ । ब्रिगेड एक जित र एक हारसहित ३ अंक बटुल्दै लिगको सातौं स्थानमा हरेको छ । अपराजित जावलाखेलको पनि २ खेलबाट ४ अंकको रहेको छ ।

यता दोस्रो खेलमा संकटाले जावलाखेल माथि जित दर्ता गर्दै स्पष्ट तीन अंकको खोजिमा हुने छ । जावलाखेलले पहिलो खेलमा थ्रीस्टारलाई गोलरहित बराबरीमा रोकेको थियो भने दोस्रो खेलमा सरस्वती युवा क्लबमाथि १–० को जीत दर्ता गर्दै तीन अंक हात पारेको थियो ।

बिहिबारको खेलमा दुवै टिम स्पष्ट तीन अंक जोड्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);