इपीएल : विराटनगरलाई चार विकेटले पराजित गर्दै भैरहवा विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

इपीएल : विराटनगरलाई चार विकेटले पराजित गर्दै भैरहवा विजयी

काठमाडौं, २६ मंसिर । भैरहवा ग्लाडिएटर्स एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताको प्लेअफमा पुगेको छ । बुधबार साविक विजेता विराटनगर वारियर्सलाई चार विकेटले पराजित गर्दै भैरहवाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर स्थित क्रिकेट मैदानमा भएको खेलमा ९२ रनको सामान्य चुनौती पछ्याएको भैरहवाले २० ओभरमा २ बल बाँकी छँदा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

भैरहवाका लागि रायन टेन डोइस्च्याटले २० रन बनाए । कप्तान शरद भेषवाकरले १६, रविइन्दर सिंहले १२, प्रदीप ऐरीले १० रन बनाएका थिए । बलिङतर्फ विराटनगरका रोइलोफ भान डेर मर्वेले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १८.४ ओभरमा सबै विकेटको क्षतिमा ९१ रन मात्रै बनाएको थियो । विराटनगरका अग्रपंत्तिका कुनै पनि ब्याट्सम्यानले राम्रो स्कोर बनाउन सकेनन्।

लगातार तीन खेलमा जित हात पारेको भैरहवाले ६ अंक बनाउँदै प्लेअफमा आफ्नो स्थान सुरक्षित बनाएको छ । पहिलो खेलमा पोखरा राइनोजलाई चार विकेटले हराएको पोखराले दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले पराजित गरेको थियो । विराटनगरको भने यो पहिलो हार हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);