ईपीएल : सुपर ओभरमा विराटनगर वारियर्सको रोमाञ्चक जीत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

ईपीएल : सुपर ओभरमा विराटनगर वारियर्सको रोमाञ्चक जीत

epl-768x366

काठमाडाैं, २५ मंसिर । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा साविक विजेता विराटनगर वारियर्सले पोखरा राइनोजमाथि सुपर ओभरमा रोमाञ्चक जित हात पारेको छ । लिगमा यो पहिलो सुपर ओभर हो ।

मंगलवार भएको सुपर ओभरमा विराटनगरले पोखरालाई ७ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको विराटनगरले सुपर ओभरमा २० रन बनाएको थियो । करण केसीले दुई छक्काको मद्दतमा २० रन बनाए ।

२१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पोखराले सुपर ओभरमा १३ रन मात्रै बनाउन सक्यो । यसअघि ८५ रनको लक्ष्य पछ्याएको विराटनगरले १९.३ ओभरमा सबै विकेटको क्षतिमा ८४ रन मात्रै बनाएपछि खेल सुपर ओभमा धकेलिएको थियो ।

यसैगरी प्रतियोगितामा भैरहवा ग्लाडिएटर्सले लगातार दोस्रो जित हात पारेको छ । मंगलबार सम्पन्न खेलमा भैरहवाले चितवन टाइगर्सलाई १२ रनले पराजित गरेको हो । यो चितवनको लगातार तेस्रो हार हो ।

यो हारसँगै चितवनको शीर्ष चारमा पुग्ने सम्भावना अंक गणितमै सीमित बनेको छ । १४४ रनको मध्यम स्कोर पछ्याउँदै ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३१ रन मात्रै बनाउन सक्यो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);