किशोरी क्रिकेट प्रतियोगितामा सृजनशिल बालिका समुह विजयी | ईमाउण्टेन समाचार

Our Network

असार २९ २०८३, मंगलबार

किशोरी क्रिकेट प्रतियोगितामा सृजनशिल बालिका समुह विजयी

कपिलवस्तु, २५ मंसिर । कपिलवस्तुको तौलिहवामा वाल न्यूनीकरण गर्ने उद्देस्यले आयोजना गरिएको किशोरी क्रिकेट प्रतियोगिताको उपाधी सृजनशिल बालिका समुहले हात पारेको छ ।

मंगलवार भएको फाइनल खेलमा नव ज्योती समुहलाई ५ बिकेटले पराजित गरी सृजनशिल बालिका समुहले उपाधी हात पारेको हो । नव ज्योतीले टस जितेर पहिलो ब्याटिङ् गर्दै निर्धारित १६ ओभरमा १० विकेट गुमाएर ६९ रन बनाउँदा जवाफमा सुजनशिलले १० ओभरमा ५ बलमा लक्ष्य बनाउन सफल भएको थियो ।

कपिलवस्तु क्रिकेट संघको आयोजनामा मंशिर २३ गते बाट शुरु भएको क्रिकेट प्रतियोगितामा ४ वटा किशोरी बीच प्रतिस्पर्धा गराईएको थियो ।

ताजा समाचार