प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश १ को पहिलो जित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश १ को पहिलो जित

pradesh1-pm cup

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले पहिलो जित हात पारेको छ । शुक्रबार कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ८० रनको फराकिलो अन्तरले पराजित गर्दै प्रदेश १ ले पहिलो जित निकालेको हो ।

प्रदेश १ ले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कर्णाली २० ओभर १ बलमा मात्र ४७ रन बनाउँदा अलआउट भयो । कर्णालीका निश्चल रावलले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २८ रन बनाएको थियो ।

प्रतियोगितामा समूहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);