विश्वकप क्रिकेट : वेस्ट ईन्डिजद्वारा पाकिस्तान ७ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

विश्वकप क्रिकेट : वेस्ट ईन्डिजद्वारा पाकिस्तान ७ विकेटले पराजित

विश्वकप क्रिकेट

काठमाडौं, १७ जेठ । एकदिवसीय विश्वकप क्रिकेटको शुक्रबारको खेलमा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ । विश्वकपको दोस्रो खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई ७ विकेटले पराजीत गर्दै विजयी यात्रा सुरु गरेको हो ।

वेस्ट इन्डिजद्वारा व्याटिङको निम्तो पाएको पाकिस्तानले २१ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ६ रन बनाएको थियो । पाकिस्तानले दिएको झिनो लक्ष्य पछ्याएको क्रममा वेस्ट इन्डिजले १३ दशमलब ४ ओभरमा १ सय ८ रन बनाएर जित हात पारेको हो ।

शुक्रबारको खेलमा वेस्ट इन्डिजले शानदार बलिङ गरेको छ । पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा वेस्ट इन्डिजका ओसेन थोमसले ४, जेसन होल्डरले तिन र आन्द्रे रसेल दुई विकेट लिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);